यस वर्ष विश्वकाे अर्थतन्त्र १ हजार खर्ब डलरमाथि पुग्ने, कुन देशकाे कस्ताे?

यस वर्ष विश्वकाे अर्थतन्त्र १ हजार खर्ब डलरमाथि पुग्ने, कुन देशकाे कस्ताे?

केन्द्रबिन्दु
0
Shares

विश्वकाे अर्थतन्त्र पहिलो पटक सन् २०२२ मा १ हजार खर्ब डलर नाघ्ने अनुमान गरिएको छ। 

चीन अनुमान गरिएको भन्दा थोरै ढिला अमेरिकालाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ। बेलायती परामर्शदाता कम्पनी सेबरले यस्तो बताएको हो। 

सेबरका अनुसार डलरका आधारमा चीन सन् २०३० मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ। यो यसअघि अनुमान गरिएको भन्दा दुई वर्ष ढिला हो। भारतीय अर्थतन्त्रले भने आगामी वर्ष फ्रान्सलाई उछिन्नेछ। सन् २०२३ मा भने यसले बेलायतलाई उछिनेर विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्ने पनि सेबरको भनाइ छ। 

२०२० को दशकको सबैभन्दा महत्वपूर्ण सवाल विश्वको अर्थतन्त्रले मुद्रास्फीतिको समस्या कसरी समाधान गर्छ भन्ने भएको सेबरका डेपुटी अध्यक्ष डगलास म्याकविलियम्यसले बताएका छन्। 

प्रतिवेदनअनुसार सन् २०३३ मा आर्थिक उत्पादनका आधारमा जापानलाई उछिन्ने क्रममा जर्मनी रहेको छ। रुस भने सन् २०३६ मा विश्वको १० औं ठूलो अर्थतन्त्र बन्नेछ। इन्डोनेशिया सन् २०३४ मा नवौं ठूलो अर्थतन्त्र बन्ने पनि प्रतिवेदनमा भनिएको छ। एजेन्सी

Logo