तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाेडे

तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाेडे

केन्द्रबिन्दु
0
Shares

तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार हाल अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएपछि जीविकोपार्जनका लागि अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।

‘लोकतान्त्रिक सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा ६ वटा रेडियो स्टेसनहरू बन्द भएका छन् । तीमध्ये ५ वटा आर्थिक समस्याका कारण बन्द भएका हुन् भने अर्को एउटामा कर्मचारी अभाव भएको हो,’ पूर्वी अफगानिस्तानस्थित पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरिफीले भने ।

यद्यपि, ९१ प्रतिशत पत्रकार भने आफ्नो पेसाप्रति सन्तुष्ट रहेका फाउन्डेसनको अध्ययनले देखाएको छ । उक्त अध्ययन ४ सय ६२ पत्रकारले समावेश गरिएको थियो । तीमध्ये ३ सय ९० जना पुरुष र ७२ जना महिला थिए । 

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) र अफगान स्वतन्त्र पत्रकार संघ (एआईजेए) ले गरेको सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया बन्द भएका जनाइएको छ । सर्वेक्षणअनुसार देशभर २ सय ३१ सञ्चारमाध्यम बन्द भएका र ६ हजार ४ सयभन्दा बढी पत्रकारले अगस्ट १५ यता जागिर गुमाएका छन् ।एजेन्सी

Logo