समुन्द्री सतहमा एस्ट्रोएड (क्षुद्रग्रह)ले बनाएको ८.५ किलोमिटर क्रेटर (खाल्टो) भेटियो

समुन्द्री सतहमा एस्ट्रोएड (क्षुद्रग्रह)ले बनाएको ८.५ किलोमिटर क्रेटर (खाल्टो) भेटियो

केन्द्रबिन्दु
0
Shares

वैज्ञानिकहरूले एउटा क्षुद्रग्रह (एस्ट्रोएड) पृथ्वीसँग ठोक्किएको प्रमाण फेला पारेका छन् । 

अनुसन्धानकर्ताहरुका अनुसार यो एस्ट्रोएडले पश्चिम अफ्रिकाको गिनी तटबाट करिब ४०० किलोमिटर टाढा र समुन्द्र सतहभन्दा ४०० मिटर तल एउटा क्रेटर (खाल्टो) बनाएको छ । जसको साइज ८.५ किलोमिटर रहेको छ ।

 आजको आधुनिक समयमा वैज्ञानीकहरु हर एक क्षुद्रग्रहलाई नजिकबाट निगरानी गरिरहन्छ । किनकी पृथ्वीको करोडौं वर्षको इतिहासमा धेरै पटक क्षुद्रग्रह हाम्रो ग्रहसँग टक्कराएका छन् । पृथ्वीबाट डाइनोसरको लोप पनि क्षुद्रग्रह नै पृथ्वीसँग ठोक्किएका कारण भएको थियो ।

 यस्तो अवस्थामा वैज्ञानिकहरूले हालै डायनासोर नै नाश गराएको क्षुद्रग्रह जस्तै अर्को क्षुद्रग्रह पृथ्वीमा ठोक्किएको प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरु यो नयाँ खोजको जानकारी ‘विज्ञान एडभान्स जर्नलमा’ प्रकाशित एक शोधबाट  दिएका हुन् । वैज्ञानिकहरूका खनुसार यदि उनीहरुले समुन्द्रको भुइँमा ड्रिल गरी नमूनाहरू सङ्कलन गर्न सकेमा त्यस क्षुद्रग्रहले के कस्तो प्रभाव पारेको थियो भनि प्रमाणित गर्न सक्छ । अध्ययनकर्ताहरुका अनुसार यो घटना ६६ मिलियन (६.६ करोड) वर्ष पहिले भएको हुन सक्छ भन्ने अनुमान छ । 

वैज्ञानिकहरुले कम्प्युटर सिमुलेशनको प्रयोग गरी क्षुद्रग्रहको कारणले बनेको क्रेटरका बारेमा फेला पारेका थिए । सिमुलेशनले ५०० देखि ८०० मिटर गहिरो पानीमा ४०० मिटर चौडा क्षुद्रग्रहको टक्करबाट क्रेटर बनेको संकेत गरेको थियो । वैज्ञानिकहरुका अनुसार यो क्षुद्रग्रहले एक किलोमिटरभन्दा अग्लो सुनामी आउन ल्याएको र ६.५ म्याग्निच्युडको भूकम्प ल्याएको हुन सक्ने अनुमान गर्छन । 
एडिनबर्गको हेरियटवाट युनिभर्सिटीका भू–वैज्ञानिक डा. उसडेन निकोल्सनले एट्लान्टिक महासागरको भुइँबाट भूकम्पीय प्रतिबिम्बको अनुसन्धान गरिरहेको बेला उक्त क्रेटर(खाल्टो) पत्ता लगाएका थिए । 

 

Logo