२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय

२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय

केन्द्रबिन्दु
0
Shares

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन् । अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन् । उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् ।

विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए । 

तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन् । कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए । 

लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरुले देशमा शैक्षिक क्षेत्रमा संकट निम्त्एिको भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझा दिँदै आएका थिए ।
फिलिपिन्स दक्षिणपूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो । तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो । विद्यालय बन्द हुँदा े धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए ।
 

Logo