आजको मौसमः केही ठाउँमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

आजको मौसमः केही ठाउँमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही भू—भागमा मौसम बदली भएको बताएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा आंशिकदेखि सामान्य बदली भएको हो । महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू—भागमा मौसम बदलीको सम्भावना रहेको छ । अन्य भू—भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज तराईं र उपत्यकाका भू—भागमा भने हुस्सु र कुहिरो लागेको छ । आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा हिमपात हुने र तराईमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रससमेत गरेको छ ।

Logo