मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा तीन जना फेला

केन्द्रबिन्दु
0
Shares

कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् । 

कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोटस्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । 

साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिनास्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

दाङको गढवा गाउँपालिका–३ कोठरीस्थित गढवा कालाकाटे सडकमा हाल पहिचान नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Logo