सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

पर्साको ठोरी गाउँपालिका–४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २–०३–०११ प १४८४ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगदिप विस्ट रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

डोटीको बोग्टान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२ त ४७७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ बस्ने राम बहादुर भुलको १७ वर्षीय छोरा जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा घाइते भएका एक जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    

Logo