दसैंका लागि असोजको पहिलो साता सार्वजनिक यातायातको टिकट खुल्ने

दसैंका लागि असोजको पहिलो साता सार्वजनिक यातायातको टिकट खुल्ने

केन्द्रबिन्दु
0
Shares

दसैंका लागि असोज पहिलो साता सार्वजनिक यातायातको टिकट खुल्ने भएको छ। दसैंका लागि १५ दिन अघि सार्वजनिक यातायातको अग्रिम टिकट खुला हुने गर्छ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासंघको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्ने गर्छ। कोभिडका कारण दुई वर्ष दसैंमा घर फर्किने कम भए। तर यो पटक भने दसैंमा घर जाने यात्रु बढी हुने अनुमान व्यवसायीहरु गर्छन्।

ट्राफिक प्रहरी र अन्य विभिन्न निकायले यात्रु सहायता कक्ष समेत स्थापना गर्ने व्यवस्था छ । यसबाट यात्रुहरु ठगिने र अन्य समस्या भएमा गुनासो गर्ने स्थान रहन्छ ।

त्यसैगरी यस पटक अनलाइन टिकटको पनि धेरै नै प्रयोग हुने अनुमान गरिएको छ । अग्रिम टिकट खुल्ने अघिल्लो दिन नै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, पुरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरात नै यात्रु लाइनमा बस्नुपर्ने बाध्यता विगतमा थियो। अब भने मोबाइलमार्फत टिकट काट्ने व्यवस्था छ। यसले गर्दा यात्रुहरुले सहज तरिकाले टिकट काट्ने र घर जान पाउने व्यवस्था हुने अनुमान छ ।

यस पटक लामो दुरीका सवारी साधन चल्ने सडकको अवस्था पनि खासै बिग्रेको छैन । अलि अलि बिग्रेको सडक पनि भदौ अन्त्य सम्ममा बनिसक्ने अनुमान गरिएको छ । यसकारण यो पटक दसैंमा घर फर्किने यात्रुले धेरै समस्या भोग्नु नपर्ने अनुमान गरिएको छ ।

दसैंका लागि २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्छन् भने झण्डै ६० हजार सार्वजनिक यातायात सञ्चालन हुने अनुमान छ।

Skip This
Skip This
Logo