नेपालले केन्या भ्रमणमा सुखद सुरुवात गरेको छ । टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । योसँगै नेपालले ५ म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।
नौरवीमा घरेलु टोली केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
लामो समयपछि राष्ट्रिय टिममा कमब्याक गरेका ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले ३३, आसिफ शेखले १९, रोहित पौडेलले १३ र पवन सर्राफले १ रन बनाए । आरिफ शेख २४ रनमा नटआउट रहे ।
यसअघि नौरवीमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करीमले ३४ रन बनाए ।
लुकास ओलिओच ३१ रनमा नटआउट रहँदा नेल्सन ओडिआम्बोले १९, सचिन भुदियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाए ।
बलिङ तर्फ सोमपाल कामीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र अदिल अन्सारीले एकएक विकेट झारे ।
सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ ।





























प्रतिक्रिया