काभ्रे ।
शनिवार बनेपा नगरपालिका वडा नं. १३ भैंसेपाटीमा रहेको स्पाईनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत विरामीहरु गरी एकै पटक २३ जनामा कोरोना सङक्रमण पुष्टि भएपछि कोभिड–१९ जिल्ला सङकटन व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टले सो क्षेत्र सिल गरेको छ ।
अस्पताल क्षेत्रमा थप सङ्क्रमण फैलन नदिन आइतवार जिल्ला कमाण्ड पोष्टले गरेको निर्णय अनुरुप अस्पताल क्षेत्र लगायत साविक नासिकास्थान गाविसको वडा नं. १ को सम्पूर्ण क्षेत्र तत्काल सिल गरिएको हो ।
बनेपा नगरपालिका वडा नं. १३ वडा कार्यालयले अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले सूचना जारी गर्दै सो क्षेत्र पाँच दिनको लागि सिल गरेको जनाएका हुन् । थप सङक्रमण फैलिन नदिन वडाले पूर्वमा पञ्चकन्या विष्ट टोल हुँदै स्यालगैरासम्म, पश्चिममा विकटेश्वर ईङ्गलिस बोर्डिङ स्कूलपश्चिम रहेको खोला, उत्तरमा बासुकी सामुदायिक वन र दक्षिणमा अरनिको राजमार्गसँगै जोडिएको स्पाईनल सडक क्षेत्रभित्रमा शिल गरिएको उनले जानकारी दिए ।
कमाण्ड पोष्टका अनुसार अस्पतालका १५ जना कर्मचारी र अस्पतालमा उपचाररत ८ जना विरामी गरी २३ जना सङक्रण पुष्टि भएको थियो । उनीहरुमध्ये २० स्पाईनल ईन्जुरी अस्पतालमा, दुई होम आईसोलेसनमा र एक जनाको छाउनी अस्पतालमा उपचार भईरहेको कमाण्ड पोष्टले जनाएको छ ।रासस































प्रतिक्रिया