तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक युवकको मृत्यु

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० पठानटोलमा गएराति भएको झडपको क्रममा ढुंगा प्रहार र कुटपिटबाट २० वर्षीय रोशन जीसीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरीरहेको विष्टले बताए । 

Logo