नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार दिउँसो अध्यक्ष दाहाल शीतलनिवास पुगेका हुन् । हाल छलफल चलिरहेको शितलनिवास स्रोतले जनाएको छ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा पनि राष्ट्रपतिसँगको परामर्शमा सहभागी छन् ।
नागरिकता विधेयकसहित समसामयिक विषयमा राष्ट्रपतिले छलफल गर्न खोजेको बताइएकाे छ । केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन्।































प्रतिक्रिया