सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरुवा गर्‍यो : एमाले

सरकारले चुनावलाई प्रभावित पार्नेगरी कर्मचारी सरुवा गर्‍यो : एमाले

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएका हुन् । 

निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलार्य तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए । 

काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए । 

राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने  विभेदविरुद्ध एमाले उत्रिने उनकाे चेतावनी छ । 

Skip This
Skip This
Logo