गठबन्धनको सिट बाँडफाँड कार्यदलले शीर्ष नेतालाई आज अधुरो प्रतिवेदन बुझाउँदै

गठबन्धनको सिट बाँडफाँड कार्यदलले शीर्ष नेतालाई आज अधुरो प्रतिवेदन बुझाउँदै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ।

यसअघि हिँजै टुंग्याएर कार्यादेश बुझाउने भनेपनि सिट बाँटफाँडमा सहमति जुट्न नसक्दा बुधबार कार्यदलले प्रतिवेदन बुझाएन । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने सरकारका प्रवक्ता एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको जनाइएको छ । कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको कार्कीको भनाइ छ । 

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेका थिए । हरेक दिन जस्तो बैठक बसे पनि उनीहरुले सहमती जुटाउन सकेनन्। कांग्रेसले १ सय सिट भन्दा तल नलिने दाबी गर्दै आएको छ। माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ सिटमा दाबी गरिरहेको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । 

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका छन् त्यस्तै कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

Skip This
Skip This
Logo