स्थानीय चुनावकाे खर्च नबुझाउनेलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

स्थानीय चुनावकाे खर्च नबुझाउनेलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।  

आयोगले आज सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न भनेको हो । नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम हिजो आयोगले सार्वजानिक गरेको थियो। 

कुन कुन कारणले खर्चको विवरण नबुझाएको होरु करणसहित ७ दिन भित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न सुचनामा भनिएको छ । आयोगका अनुसार ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन् । 

निर्वाचन आयोगले हिजो निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो । जसअनुसार १ लाख २३ हजार भन्दा बढीले खर्च विवरण बुझाएका छैनन् । गत बैशाख ३० गते सम्पन्नं स्थानीय तहको चुनावमा एक लाख ४५ हजार उम्मेदवार प्रतिष्पर्धामा थिए ।

Skip This
Skip This
Logo