सीट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

सीट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । शुक्रबार नेताहरुको कार्य व्यस्तताका कारण बस्न नसकेको बैठक आजका लागि सारिएको थियो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । 

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।

 बालुवाटारमा पटकपटक बस्दै आएको बैठकमा छलफल सकारात्मक चलिरहे पनि दलका नेताहरु आआफ्नो अडानमा अडिग रहँदा टुंगो लाग्न भने बाँकी छ । 

Logo