मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्नः सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक किन पास भएन?

मुख्यमन्त्री शाहीलाई सिंजालीको प्रश्नः सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक किन पास भएन?

केन्द्रबिन्दु
0
Shares

जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानकर्षणपत्र दिएका हुन् । 

कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएकाे पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न उनीहरुकाे माग छ । ज्ञापनपत्रमा  भनिएको छ, 'ती विधेयक कर्णालीको अस्तित्वसँग जोडिएका विधेयक  हुन् । ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुँदा पनि पास गर्न किन कन्जुस्याई गरिरहेका छन् ?'

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  प्रकाशचन्द्र खत्रीसहितको टिमले होटल कान्जेरुवामा  पुगेर शाहीलाई ध्यानाकर्षण गराएकाे हाे ।ज्ञापनपत्रमा आगामी ४ मंसिरमा हुने प्ररतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु  अगावै  विधेयकहरू  अगाडि बढाइ पास गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गरिएकाे छ ।

मुख्यमन्त्री शाहीले  सिंजा सभ्यता संरक्षण तथा  विकास विधेयक आवश्यक नभएको बताए । उनले  कर्णाली  प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए ।उनले भने, 'जुम्लाले सिंजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो  सभ्यता  खोज्दा समस्या थप बढ्ने छ ।'

कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यी दुवै विधेयक संसदमा स्थगित भएपछि अहिले अन्यौल बढेकाे छ ।

Skip This
Skip This
Logo