बेनेलीको दशैं अफर : १ लाख रुपैयाँ सम्म जित्ने अवसर

बेनेलीको दशैं अफर : १ लाख रुपैयाँ सम्म जित्ने अवसर

केन्द्रबिन्दु
0
Shares

केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ ।

उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ। पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ।

मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन्। बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ। यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ।

ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिब हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ।

Skip This
Skip This
Logo