पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ । सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

Logo