बाढीको चपेटामा परेको पाकिस्तानलाई नेपालले २ करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट पाकिस्तानलाई राहत सामग्री सहयोग गर्ने निर्ण भएको जानकारी दिएको छ । पाकिस्तानमा बाढीका कारण गत जुनयता एक हजार बढी मानिसको मृत्यु भएको छ । यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ । सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै बाढीको प्रभाव परेको छ ।
प्रधानमन्त्री सहबाज सरिफले प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३८ अर्ब पाकिस्तानी रुपैयाँ (२२ अर्ब रुपैयाँ) बजेट छुट्याएको घोषणा गरेका छन् । बाढी प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री सरिफले अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेका छन् ।































प्रतिक्रिया