आज परराष्ट्र सचिव पौड्यालले भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्ने

आज परराष्ट्र सचिव पौड्यालले भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्ने

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरत राज पौड्यालले आज भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन् । 

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव पौड्याल भारत भ्रमणमा गएका हुन् । 

मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा दुई देशका विदेशमन्त्री स्तरीय बैठक भएको थियो । बैठकमा दुवै देशका विदेश सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका थिए । 

Skip This
Skip This
Logo