सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’ योजना, दराजबाट सामान किन्दा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले नेपालीको महान चाड दसैँका अवसरमा आफ्ना ग्राहकका लागि ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ। 

अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा भएको यस योजनाअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिनेछ । डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २ हजार ५०० सम्मको छुट  प्राप्त गर्न सक्नेछन्।  

छूट लागू गर्न ग्राहकहरूले दराज प्लेटफर्मबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। साथै क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यो अभियान आश्विन ११ गतेसम्म चल्नेछ ।

साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ। यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

सानिमा बैंकको क्रेडिट कार्डका लागि बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ ।

Logo