महाभियोग सिफारिस समितिको बैठक सर्‍यो

महाभियोग सिफारिस समितिको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

आज  बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग सिफारिस समिति बैठक सरेको छ ।

समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो । 

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।  

Skip This
Skip This
Logo