जनताको चाहना देशको चाबी माओवादीको हातमा होस् -अध्यक्ष प्रचण्ड

जनताको चाहना देशको चाबी माओवादीको हातमा होस् -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले देशको साँचो आफूहरूलाई नै सुम्पिन चाहेको दाबी गरेका छन् ।

बिहीवार बिहान पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका हुन् । तर माओवादीका नेता, कार्यकर्ता जनतामाझ जान र जनमुखी काम गर्न मिहेनत गर्न छाडेको बताए।

उनले पार्टीमा राम्रो व्यवस्थापन गर्न सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी दाबी गरे । स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढंगले पार्टी अघि बढ्ने प्रतिबद्धता जनाए । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले पार्टी कमजोर भए संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे ।

देशको राजनीति आफूमा केन्द्रित हुने गरेकाले कहिलेकाहीँ आफू सौभाग्यशाली हुँ कि अभागी भन्ने लाग्ने गरेको प्रचण्डको भनाइ छ । 
 

Skip This
Skip This
Logo