अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने

अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीवार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ । 

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती शुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् । प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरुसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन् । 

‘अग्निपथको बारेमा सरकारले तत्काललाई पछि कुराकानी गर्ने गरेर तत्काल होल्डमा राखेको अवस्था हो । सम्भवतः नयाँ निर्वाचित सरकारले यस विषयमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारेमा कुराहरु आउला । अहिलेलाई थाँती छ । कुनै निस्कर्षमा पुग्नेगरी छलफल हुने अवस्था छैन ।’ उनले भनिन्, ‘अग्निपथको बारेमा नेपाल सरकारको अहिलेको निर्णय भनेको नव निर्वाचित सरकारले नै कुरा राख्ने हो, अहिले तत्काल अघि बढ्दैन, यो गर्ने भन्ने भएको छैन, यो विषय सबै राजनीतिक दलहरुसँग समन्वय गरेर  राष्ट्रिय सहमतिमा पुग्नुपर्ने विषय भएकोले त्यसलाई आँकलन गरेर नयाँ सरकारले नगरौँ भन्ने नै अहिलेको सरकारको नीति रहेको छ ।’

प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैंअद्धि पूर्ण रुपमा नाका सञ्चालन हुने बताइन् । उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँ भन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन् । उनले भनिन्, ‘नाकाहरुलाई पूर्ण सञ्चालन गर्ने कुरा भइरहेको छ । दशैँभन्दा अघि नेपालीहरुले राम्रोसँग नाका सञ्चलन हुनेमा हामी ढुक्क छौँ । व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने नै हाम्रो चाहना हो ।’
 
प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चिनियाँ काजनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी पनि गराएकी थिइन् । 
 

Skip This
Skip This
Logo