गोदरेजको ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक

गोदरेजको ‘क्यास सर्प्राइज’ योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भारतको नम्बर १ रेफ्रिजेरेटर ब्राण्ड गाेदरेजले नेपालीहरुको महान् चाड दशैं-तिहारलाई लक्षित गर्दै ‘क्यास सर्प्राइज’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले गोदरेजको  होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ सीमित अवधिका लागि नेपालभर उठाउन सक्नेछन् । 

ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ ५ सम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३  केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ। 

त्यसैगरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपालभर गोदरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।  

Logo