डेंगु भएका पत्रकारलाई महासंघद्धारा उपचारको व्यवस्था

डेंगु भएका पत्रकारलाई महासंघद्धारा उपचारको व्यवस्था

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।

पत्रकार महासंघले आज एक सूचना जारी गर्दै डेंगु महामारीको चपेटामा परेका पत्रकारहरुलाई उपचारको व्यवस्था मिलाएको जानकारी दिएको हो । 

‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघको सूचनामा भनिएको छ । 

त्यस्तै पत्रकारले महाराजगञ्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ । परीक्षणका लागि पत्रकारहरुलाई पत्रकार महासंघले जारी गरेको परिचय पत्र लिएर जान आग्रह गरिएको छ ।  

‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ । 
 

Logo