प्रतिनिधिसभाको कार्यकाल अन्त्यमा के-के भने सांसद्ले ?

प्रतिनिधिसभाको कार्यकाल अन्त्यमा के-के भने सांसद्ले ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको जारी कार्यकाल सकिनै लाग्दा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका छन् । केहीले आफ्नो कार्यकाल बारे समीक्षा गर्दै आगामी निर्वाचनबाट विजयी भएर आउनेलाई कार्यकाल सफलताको शुभकामना पनि दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद् कमला रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडी बढाउन माग गरिन् । पानीको वहाव बग्नेतिर नै आयोजनालाई अगाडी बढाउनुपर्ने बताउँदै रोकाले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानूनलाई मिचेर स्थानीय जनतालाई दुःख दिएको आरोप लगाइन् ।

सांसद् नारायण मरासिनीले सिद्धार्थ राजमार्ग अन्र्तगतको पोखरा–बुटवल–सुनौली खण्डको स्तरोन्नती गर्न माग गरे । स्याङ्जा–पोखरा सडक अन्तर्गत भालु पहाडमा ढुंगा खसिरहने भन्दै मरासिनीले ढुंगा खस्न नदिने प्रवन्ध गर्न आवश्यक रहेको धारणा राखे । 

सांसद् प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेकोले समस्या समाधान गर्न माग गरे । 

सांसद् खेमप्रसाद लोहनीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजनाको क्षतिपूर्ति र मुआब्जा हालसम्म नपाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद् गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसको बसोवास गराउनुपर्ने बताउँदै निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास, व्यवसाय गर्न दिन माग गरे । 

सांसद् डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरुले जनताको पीर, मर्का र राष्ट्रको वृहत हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरिन् । संसद्को कार्यकालमा आफुहरुले उठाएका कुराहरु कार्यान्वयन भए/नभएको जनताले मूल्यांकन गर्ने उनको भनाइ थियो । 
 

Skip This
Skip This
Logo