प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाले संशोधन गरेका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले राष्ट्रियसभाबाट संशोधन भएर आएका विभिन्न तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ । यस्तै बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आगामी बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।





























प्रतिक्रिया