सिट बाँडफाडमा दलहरु सहमति नजिक : मन्त्री कार्की

सिट बाँडफाडमा दलहरु सहमति नजिक : मन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँडको विषयमा दलहरूबीच करिब ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । 

आज संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरेका हुन् । 

राजनीतिक स्थिरता नदिई, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनको भनाई छ । सिट बाँडफाँड न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको मन्त्री कार्कीले बताएका छन् । 

त्यस्तै मन्त्री कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए । 

Skip This
Skip This
Logo