२०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेबाट सकिँदै छ।
मन्त्रिपरिषद्ले कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीलाई सिफारिस गरिसकेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन्।
शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म कार्यकाल रहेको विगतको अभ्यासको आधारमा असोज १ सम्म कार्यकाल रहने जानकारी संसद् सचिवालयलाई दिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले कार्यकाल अन्त्यको घोषणा गरेका छैनन्।
सदन सकिएलगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन् । प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन् । ०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ।































प्रतिक्रिया