सनी देओलमाथि ठगीको आरोप, निर्माता भन्छन्- ‘२० वर्ष बितिसक्दा पनि पैसा फिर्ता भएन’

सनी देओलमाथि ठगीको आरोप, निर्माता भन्छन्- ‘२० वर्ष बितिसक्दा पनि पैसा फिर्ता भएन’

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सनी देओललाई यत्तिकै एक्सन हिरो भनिदैन । उनले आफ्ना हरेक फिल्ममा उत्कृष्ट एक्सनले दर्शकको मन जित्ने गरेका छन् । उनी अहिले आफ्नो आगामी फिल्म ‘गदर २’ को सुटिङमा व्यस्त छन् । 

यसैबीच एक अन्तर्वार्ताका क्रममा निर्माता सुनिल दर्शनले सनी देओलले ठगी गरेको आरोप लगाएका छन् । सुनिल दर्शनले करिब २० वर्षअघिको एउटा फिल्मको लागि सनी देओलले आफूसँग बजार मूल्यभन्दा बढी शुल्क लिएको र फिल्म गर्न अस्वीकार गरेको आरोप लगाएका हुन्। यतिमात्रै नभएर सनी देओलले पैसा समेत फिर्ता नगरेको उनको आरोप छ । 

दर्शनले फिल्मको सुटिङका ​​क्रममा सनी देओल लण्डन गएर फर्केर नआएको बताएका छन् । जसकारण उनले आफ्नो फिल्मलाई राम्रोसँग अन्त्य नगरी रिलिज गर्नुपरेको थियो । उनले भने, ‘सनीले मलाई उनको करियरलाई अर्को उचाइमा पुर्‍याउन मद्दत गर्ने वाचा गर्न बाध्य बनाएका थिए, जसमा मैले मेरो एक वर्षको योगदान दिएँ । मेरो अर्को फिल्म गर्छु भन्ने वाचा गर्दै उनले साइन पनि गरे तर जिम्मेवारी भने पूरा गरेनन् ।

सनी देओलले फिल्ममा काम गर्न अस्वीकार गरेपछि सुनिललाई लाग्यो कि सायद सनीको नियत ठीक छैन । मिडिया रिपोर्टका अनुसार सुनिलले जुन फिल्मको कुरा गरिरहेका छन्, त्यो फिल्म ‘जानवर’  हो । जुन पछि अक्षय कुमारले गरे र फिल्म ब्लकबस्टर साबित भयो।

सनी देओल चाँडै फिल्म ‘चुपः रिभेन्ज अफ द आर्टिस्ट’ मा देखिनेछन् । यो फिल्मलाई आर बाल्कीले निर्देशन गरेका हुन् । यस फिल्ममा उनीसँगै दुल्कर सलमान र पूजा भट्ट पनि देखिनेछन् । यसबाहेक सनी देओलले फिल्म ‘गदर २’ मा पनि काम गरिरहेका छन् । यसमा उनी फेरि अमिषा पटेलसँग देखिनेछन् ।

Skip This
Skip This
Logo