डिशहोममा १ वर्षको रिचार्ज गर्दा भट्टराईले जिते एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भट्टराईले जिते एक लाख

केन्द्रबिन्दु
0
Shares

डिशहोममा १ वर्षको रिचार्ज गर्दा गोरखा जिल्लाका भिमसेन थापा गाउँपालिका ५ का निवासी भिम बहादुर भट्टराईले एक लाख रुपैयाँ जितेका छन् । 

भैरबी इन्टरप्रईजेजको डिलर अन्तर्गत रहेको आरुघाट धादिंग का सह—बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका  डिलर दाई धर्मेन्द श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फवाट सिनियरसेल्स अफिसर मदन सापकोटा, सर्भिस सेन्टर कोदिनेटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा, सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली, प्राबिधिक सुपरभाइजर सागर खड्काबाट भट्टराईलाई जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

विजेता भट्टराईलाई वधाई दिँदै डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । 

‘१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने’ योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । 

Logo