संघीय संसदको चालु अधिवेशन अन्त्य

संघीय संसदको चालु अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । 

शनिबार बसेको प्रतिनिधि सभाको अन्तिम बैठकमा शीर्ष नेताहरूको सम्बोधन सकिएसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । ‘माननीय सदस्यहरू प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ उनले भने।

बैठकमा राष्ट्रपति भण्डारीको संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख सापकोटाले वाचन गरेर सुनाए ।

यस्तै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट असोज २ गते आइतबार बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएको छ । 

Skip This
Skip This
Logo