नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिले धर्ना दिएको छ ।
शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहीन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उनले हालसम्म प्रमाणिकरण गरेकी छैनन् ।
संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकता विहिन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताए । उनले आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए । सरकारले आफुहरुको संविधानसम्मत् मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उनले बताए ।
धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।





























प्रतिक्रिया