फेला पर्‍यो डायनासोर युगको छेपारोको जिवाश्म

फेला पर्‍यो डायनासोर युगको छेपारोको जिवाश्म

केन्द्रबिन्दु
0
Shares

शोधकर्ताहरूले छेपारो जस्तै सरीसृपको विलुप्त प्रजाति ओपिस्थियामिमस ग्रेगोरीको जीवाश्म फेला पारेका छन् । यो प्रजातीको छेपारो न्यूजील्याण्डको टुटारा जस्तै पुरातन वंशसँग सम्बन्धित छ । न्युजिल्यान्डमा पाइने छेपारो टुआटारालाई जीवित जीवाश्म पनि भनिन्छ । किनभने यो वंशका छेपारो पृथ्वीमा करिब १९ करोड वर्षदेखि पाइने गरिन्थ्यो । 

वैज्ञानिकहरूका अनुसार नयाँ प्रजातिको छेपारो करिब १५ करोड वर्षअघि उत्तर अमेरिकामा स्टेगोसौरस र एलोसोरस जस्ता डायनासोरहरूसँग बसेको प्रमाण छ । 
यो विलुप्त प्रजातिको छेपारो साइजका आधारमा नाकदेखि पुच्छरसम्म करिब १६ सेन्टिमिटर (लगभग ६ इन्च) हुने थियो । जुन मानिसको हत्केला जत्तिकै हुन्छ । यो प्रजातीका छेपारोहरु कीरा र अन्य इन्भर्टेब्रेट्स खाएर बाँचेको विश्वास अनुसन्धानकर्ताहरु गर्छन् ।

यो जीवाश्म वायोमिङको मोरिसन फार्मेशनको साइटबाट फेला परेको थियो । यो ओपिस्थियामिमस ग्रेगोरी नामक नयाँ प्रजाति हो । यो खोज नेशनल म्युजियम अफ नेचुरल हिस्ट्री, युनिभर्सिटी कलेज लन्डन र नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिक टोलीले गरेको हुन् । यो नयाँ प्रजातीको छेपारोको बारेमा जर्नल अफ सिस्टेमेटिक पेलियोन्टोलजीमा प्रकाशित गरिएको छ । 

अध्ययनमा संलग्न एक लेखक क्युरेटर म्याथ्यू कारानोका अनुसार ‘यो सामान्य छेपारो जस्तो देखिन्छ । तर यसले २० करोड वर्ष भन्दा बढीको पूर्ण विकासलार्ई  प्रतिनिधित्व गर्छ । नयाँ प्रजाती छेपारोको जीवाश्म संग्रहालय संग्रह गरी राखिएको छ । जहाँ यसको थप अध्ययन गरिनेछ । 

Skip This
Skip This
Logo