समानुपातिक सूची तयार गर्न माओवादीद्धारा तीन सदस्यीय कार्यदल गठन

समानुपातिक सूची तयार गर्न माओवादीद्धारा तीन सदस्यीय कार्यदल गठन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । 

पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।

आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले अन्तिम लिष्ट तयार गर्नेछ । 

कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमबार बस्ने पदाधिकारी बैठकले अनुमोदन गर्ने भएको छ । सोमबारै माओवादीले समानुपातिक लिष्ट निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । 

Logo