आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । 

सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् । 

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने 'डिजिटल दशैँ तिहार २०७९' क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडी चेक–अप सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo