राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा ‘खुला प्रारम्भिक निर्वाचन’बाट समानुपातिक उम्मेदवार छनौट

राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा ‘खुला प्रारम्भिक निर्वाचन’बाट समानुपातिक उम्मेदवार छनौट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवार छनौटका लागि खुला मतदान गरेको छ । 

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरु ‘खुला प्रारम्भिक निर्वाचन’बाट छनौट गरेको हो । खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने स्वतन्त्र पार्टीले जनाएको छ ।

पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीहरुको उम्मेदवारी छनौटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको बताएका छन् । खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले मोवाइल एपमार्फत मतदानको व्यवस्था गरेको थियो ।

‘खुला प्रारम्भिक निर्वाचन’ प्रक्रियाबाट खस आर्य खुला, खस आर्य महिला, आदिवासी महिला, आदिवासी खुला, थारु खुला, थारु महिला, मुस्लिम खुला, मुस्लिम महिला, मधेसी महिला, मधेसी खुला, दलित महिला, दलित खुला र पिछडिएको क्षेत्रका उम्मेदवार छानिएको पार्टीले जानकारी दिएको छ। 

Logo