राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सूची

राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको सूची

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाले प्रदेश सभा र प्रतिनिधि सभाका समानुपातिक तर्फका उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ । 

नेता हिमलाल पुरीका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ । पहिलो नम्बरमा उपाध्यक्ष रश्मिराज नेपालीको नाम रहेको छ । यस्तै दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्माको नाम रहेको छ । 

प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।

Skip This
Skip This
Logo