पार्टीमा गुटबन्दी देखिए कारबाही हुन्छ : नेपाल

पार्टीमा गुटबन्दी देखिए कारबाही हुन्छ : नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र  गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन्। 

सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी शर्मा ओलीमा व्यक्तिवादी चरित्र देखा परेकै कारण आफूहरुले बिद्रोह गर्नुपरेको बताएका हुन् । उनले एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिए। 

उनले आफ्नो पार्टी पुरातनवादी पार्टीभन्दा भिन्न पार्टी भएको जिकिर गरे। उनले यसअघि जनताले दिएको जनमतलाई एकाधिकारवादी बानीले मूल्यांकन गर्न नसक्दा कम्युनिष्ट पार्टीभिन्न भएको बताए।

पाँच दलको गठबन्धनको सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उनले बताए। उनले पार्टीलाई जिल्ला जिल्लामा विस्तार गरी आउने निर्वाचनमा पार्टीलाई भारी मतले जित दिलाउने गरि तयारी गर्न निर्देशन दिए।

Skip This
Skip This
Logo