विवेकशील पार्टीको मिलन पाण्डे पक्षले आगामी मंसिर ४ गतेको निर्वाचनपछि बागमती प्रदेशमा सरकार बनाउने बताएको छ ।
त्यसका लागि उसले मिसन बागमती अभियानको सोमबार घोषणा समेत गरेको छ । प्रदेशहरु सशक्त नबनेसम्म देश समृद्ध नहुने भन्दै पाण्डे नेतृत्वको विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा केन्द्रित गर्ने घोषणा गरेको छ ।
आगामी मंसिर ४ को चुनावमा विवेकशील अभियानले साझा पार्टी नामबाट भाग लिने भएको छ । चुनाव चिह्न भने एक जोडी पाइला रहने उनीहरुले बताएका छन् ।
‘यो चुनावको लागि २० वर्षीय युवा प्रभाष बस्न्यातले नेतृत्व लिएको साझा पार्टी, नेपाल हाम्रो आधिकारिक पार्टी हुनेछ। यो अभियानसँग जोडिनका लागि हामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ’ अभियानको विज्ञप्तिमा भनिएको छ ।































प्रतिक्रिया