‘अर्थतन्त्रलाई चलायमान बनाउन प्रयासरत छौं, महामारी नियन्त्रणमा साथ दिनुहोस्’

‘अर्थतन्त्रलाई चलायमान बनाउन प्रयासरत छौं, महामारी नियन्त्रणमा साथ दिनुहोस्’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् । 

मंगलवार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए । 

प्रधानमन्त्री देउवाले सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे ।  

‘हाल कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेका छौँ । विगत केही समय यता कोभिड १९ का साथै डेंगु रोगबाट धेरै नेपाली नागरिकहरु पीडित भइ कतिले अमूल्य जीवनसमेत गुमाउनुपरेको छ । कोरोना र डेंगुबाट निधन भएका नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । कोभिड र डेंगु रोगबाट प्रभावितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले भने, ‘एकपछि अर्को महामारीको सामना गर्नुपर्दा हाम्रो समग्र जनजीविका सामाजिक, आर्थिक जीवन नराम्रो गरी प्रभावित भइरहेको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । यस कार्यमा सरकारले विगतमा झैँ नेपाल चिकित्सक संघ  यसमा आवद्ध सम्पूर्ण चिकित्सकहरुको सहयोग र साथ पाउने विश्वास लिएको छ । मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’    

प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । उनले स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनैपनि समस्या समाधानका लागि सामुहिक प्रयत्न र सहकार्यको आवश्यकता गर्ने उल्लेख गरे । 

Skip This
Skip This
Logo