सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धन बुधबार पुनः छलफलमा जुट्ने, सयभन्दा बढी सिटमा सहमति

सिट बाँडफाँट टुङ्ग्याउन गठबन्धन बुधबार पुनः छलफलमा जुट्ने, सयभन्दा बढी सिटमा सहमति

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु बुधबार विहानै देखि सिट बाँडफाँड टुंग्याउन छलफलमा जुट्ने भएका छन् । 

प्रतिनिधिसभाको सिट बाँडफाँटका लागि छलफलमा जुटिरहेका गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । सत्ता गठबन्धनको बैठक बुधबार बिहान ८ बजे पुनः बस्नेछ।

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् । 

‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’ 

मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए । उनले यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए ।

Skip This
Skip This
Logo