खाद्य व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटायो

खाद्य व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटायो

केन्द्रबिन्दु
0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । 

छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको हो । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले नयाँ मूल्य मंगलबार देखि नै लागू भइसकेको जानकारी  दिए । 

नयाँ मूल्य अनुसार सर्वसाधरणले अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्नेछन् । खाद्यले सिजी कम्पनीको तेल बिक्री गर्दै आएको छ । उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको बताइएको छ । 

पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो ।

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा आए लगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो । जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । मंगलबार मूल्य पुनः घटाइएको हो । 
 

Skip This
Skip This
Logo