सत्तागठबन्धनमा आवद्ध दलहरु आज पनि सिट बाँडफाँडमा सहमति खोज्ने प्रयासमा जुट्ने तयारीमा रहेका छन् ।
सिट बाँडफाँटमा सहमति खोज्न निरन्तर छलफल गरिरहेको गठबन्धन आज पनि छलफलमा जुट्न लागेको हो । त्यसका लागि दिउँसो गठबन्धनको बैठक बस्नेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज दिउँसो २ बजे बैठक बस्नेछ । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।दलहरुले दाबी गरेको सिटमा घट्न तयार नरहेकाले सहमति जुट्न समस्या भइरहेको बताइएको छ ।





























प्रतिक्रिया