प्रादेशिक अस्पताल भद्रपुरलाई २०० बेड बनाउने प्रदेश नं १ सरकारको योजना

प्रादेशिक अस्पताल भद्रपुरलाई २०० बेड बनाउने प्रदेश नं १ सरकारको योजना

केन्द्रबिन्दु
0
Shares

प्रदेश नंं. १ सरकारले प्रदेश नं. १ को प्रादेशिक अस्पताल भद्रपुर झापाको स्तरोन्नति गरी दुई सय बेड बनाउने निर्णय गरेको छ । 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा विहीबार बसेको प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० बेडको बनाउने निर्णय पनि गरेको हो ।  प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको प्रस्तावका आधारमा ती दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको बताए । 

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको गत असोज ५ गतेको निर्णय प्रचलित कानून समेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

उक्त निर्णयअनुसार, धनकुटाको भेडेटारमा बन्न लागेको स्वाइवाकका लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ । बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

Logo