निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।
आगामी मंसिर ४ मा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको हो। आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।
यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।































प्रतिक्रिया