प्रधानसेनापति र ३ सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाबारे परामर्श

प्रधानसेनापति र ३ सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाबारे परामर्श

केन्द्रबिन्दु
0
Shares

आसन्न निर्वाचन सुरक्षाबारे प्रधानसेनापति प्रभुराम शर्मा र ३ सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाबारे नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानसेनापतिले छलफल गरेको हो । बिहिबार जङ्गी अड्डामा भएको छलफलमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।

सुरक्षा निकायका प्रमुखहरुको बैठकमा प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल भएको छ ।

निर्वाचन सुरक्षामा आवश्यक समन्वय गरेर अघि बढ्नेबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 

Skip This
Skip This
Logo