सिट बाँडफाँटमा सहमति जुटाउन बसेको सत्तारुढ गठबन्धनको शुक्रबारको बैठक निष्कर्षविहीन भएको छ ।
शुक्रबार विहान साढे ११ बजेदेखि बसेको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै पनि ठोस सहमति हुन नसकेको बताइएको छ । शनिबार पनि राजनीति दलहरूले आन्तरिक छलफल गरेपछि गठबन्धनको बैठक बस्ने जानकारी दिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबारको बैठकमा मधेस केन्द्रित छलफल भएको जानकारी दिए । उनले मधेस केन्द्रित छलफल पेचिलो बनेको उल्लेख गर्दै सहमतिको नजिक नजिक पुगेको दाबी गरेका छन् ।
समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसक्दा पनि प्रत्यक्षतर्फको भागवण्डा मिलाउन गठबन्धनलाई सकस परेको छ । तर, दलहरूले यसअघि करिब ८० प्रतिशत सिटमा कुरा मिलिसकेको बताउने गरेका थिए ।





























प्रतिक्रिया